काठमाडौं । ललितपुर महानगरपालिका–हरिसिद्धीस्थित होसना इट्टाभट्टामा पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार दुर्घटनामा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो।
घटनामा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि मेसडसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।




















