काठमाडौं । संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२ गते दिउँसो २ बजे शपथ खुवाउने तयारी गरेको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले चैत १२ गते दिउँसो २ बजे सपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरूलाई बोलाइएको पुष्टि गरेका छन् । यसपटक निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएपछि उनले अन्य सांसदहरूलाई सपथ ग्रहण गराउनेछन् ।
चैत १२ गते दिउँसो २ बजे शपथ ग्रहणका लागि सबै सदस्यहरूलाई संसद् सचिवालयले बोलाउने तयारी गरेको छ । संसद् सचिवालयका कर्मचारीहरूले पनि चेत १२ गतेलाई शपथ खुवाउन तयारी गरिरहेको बताउँछन् ।
सिंहदरबार परिसरस्थित नयाँ संसद् भवनको हलमा शपथ ग्रहण गराउने तयारी गरिएको छ । गिरीले बन्दै गरेको नयाँ संसद् भवनमा शपथ कार्यक्रम राखिएको बताए ।
यसैबीच यही चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी थालिएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बिहीबार बुझाएसँगै राष्ट्रपति कार्यालयले संघीय संसद्को अधिवेशन बोलाउनेबारे तयारी गरेको हो ।




















