काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले शाहीलाई नेता र खुश्बु ओलीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ ।
दलको नेता चयन भएका शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित राप्रपाका एक्ला सांसद हुन् । उनी जुम्लाबाट निर्वाचित भएका हुन् ।
उता राप्रपा अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकसँग पराजित हुन पुगे । राप्रपाका अन्य कुनै उम्मेदवारले प्रत्यक्षमा जित निकाल्न सकेनन् ।




















