काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। चैत्र ६ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको कार्यवहाक मुख्य सचिव कुष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य एवं प्रदेश सभापतिहरूलाई सहभागी हुन अनुरोध गरिएको छ। बैठकमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा हुने जनाइएको छ।
निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कूल ३८ सिट जितेको छ ।




















