काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् ।
उपराष्ट्रपति यादवले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति उपराष्ट्रपतिले गहिरो सहानुभूति समेत व्यक्त गरेका छन् ।




















