काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९३.८३ विन्दुमा झरेको छ। अघिल्लो दिन आइतबार परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको थियो।
नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। यसदिन ३४५ वटा स्क्रिप्कसो ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयर ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ रुपैयाँमा कारोबार भयो।
साताको पहिलो सेयर कारोबार दिन आइतबार १४ अर्ब ३२ करोड मूल्य बराबरको कारोबार भएको थियो। यसदिन नेप्से परिसूचक दोहोरो अंकले घटेपनि चार वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
सलपा विकास बैंक,रिलायन्स स्पिनिङ मिल्स,अपर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्दा होटल फोरेस्टको सेयर ९.९३ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ६८ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
नेसनल हाइड्रोपावरले ६६ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा अपर हेवाखोला हाइड्रोपावरको ४१ करोड,एसवाइ प्यानल नेपालको ३७ करोड र रिडी पावरको ३५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ४८ वटा स्टक्सको मूल्य बढ्दा २११ वटाको घट्यो। बाँकी ४ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। मनु एण्ड प्रो समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिए। बैंकिङ, इन्भेस्टमेन्ट र अदर्श समूहको उपसूचक १ प्रतिशत बढीले घटे ।




















