काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनको निवास पुगेकी छन् ।
केहीबेरअघि प्रधानमन्त्री कार्की श्रीमानसहित ओली निवास पुगेकी हुन्। ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो।
यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि आजै ओलीलाई समवेदना दिन गुण्डुस्थित निवास पुगेकी थिइन्।




















