काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ ।
जस अनुसार जनजातितर्फबाट महिला पुरुष गरी चार जना रहेका छन् । जनजातिबाट समानुपातिक सांसदको सूचीमा पर्नेहरुमा भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन् ।
यस्तै खस आर्यबाट महिला पुरुष गरी पाँच जना छानिएका छन् । जसमा पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र), गुरुप्रसाद बराल र पुष्पराज कंडेल रहेको एमालेले जनाएको छ ।
यस्तै थारुबाट एक जना कृपाराम राना, दलितबाट दुई विष्णुमाया बिके, नीता घतानी छन् । त्यस्तै मधेसी (३ जना) महिला रिङ्ला यादव, यशोधाकुमारी यादव र पुरुषतर्फ चन्द्रेश्वर मण्डल छन् । मुस्लिमबाट महिला साजिदा सिद्दीकी रहेकी छन् ।




















