काठमाडौं । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ ६ वटा दलले पाउने सिट संख्या निर्धारण गरेको छ।
समानुपातिक मतगणना सम्पन्न भएपछि आयोगले निर्वाचन कानुनअनुसार ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउने दलहरूको सिट बाँडफाँड तय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगका अनुसार समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या यसप्रकार छः
राष्ट्रिय स्वतन्त्र पार्टी – ५७ सिट
नेपाली कांग्रेस – २० सिट
नेपाल कम्युनिस्ट पार्टी (एमाले) – १६ सिट
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) – ९ सिट
श्रम संस्कृति पार्टी – ४ सिट
राष्ट्रिय प्रजातन्त्र पार्टी – ४ सिट
सिट निर्धारणसँगै आयोगले सम्बन्धित सबै दललाई पत्राचार गर्दै तीन दिनभित्र समानुपातिकतर्फका सांसदहरूको नामावली पठाउन निर्देशन दिएको छ।
आयोगका अनुसार समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। तीमध्ये एक करोड ८ लाख ३५ हजार २५ मत अर्थात ९६.०५ प्रतिशत सदर भएको छ।
त्यस्तै, प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मत खसेकोमा एक करोड ५ लाख ५९ हजार १७ मत अर्थात ९४.५५ प्रतिशत सदर भएको आयोगले जनाएको छ।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा कुल एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए।




















