काठमाडौं । बुधबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। दिनभरको उतारचढावका बीच नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ विन्दुमा झरेको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ विन्दुमा पुगेको थियो।
नेप्से उच्च अंकले घट्दा कारोबार रकममा पनि मंगलबारको तुलनामा कमी आएको छ। यसदिन १३ अर्ब मूल्य बराबरको कारोबार भयो। मंगलबार २१ अर्बमाथिको कारोबार भएको थियो।
यसदिन ३२९ स्क्रिप्सको ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर १३ अर्ब १८ करोड २ लाख ५५ हजार १५७ रुपैयाँमा कारोबार भयो।
दोहोरो अंकले घटेको बजारमा सालपमा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेसनल हाइड्रोपावरको सेयर ९.९६ प्रतिशतले बढ्दा रिलायन्स स्पिनिङ मिल्सको ९.३३ प्रतिशतले बढ्यो। यसदिन कालिका पावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ८.४७ प्रतिशतले घट्यो।
८५ करोड मूल्य बराबरको सेयर कारोबार गरी रिडी पावरशीर्ष स्थानमा रह्यो। आँखु खोला जलविद्युतले ५१ करोडको सेयर कारोबार गर्दा नेसनल हाइड्रोपावर कम्पनीको ४९ करोड,अपी पावरको ४४ करोड र नगदी ग्रुपको ४१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा २२५ वटाको घट्यो। ३ स्टक्सको मूल्य भने यस दिन स्थिर रह्यो। म्युचुअल फण्डबाहेक बाँकी १२ समूहको उपसूचक नकारात्मक देखिए।




















