काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी रहेको छ ।
यो समाचार तयार पार्दासम्म विभिन्न जिल्लाका निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार मतगणना जारी रहेका स्थानमध्ये रास्वपा २६, कांग्रेस २, एमाले ४, नेकपा २ र श्रम संस्कृतिका ३ जना उम्मेदवारले अग्रता बनाएका छन् ।
त्यसैगरी रास्वपा ९९, कांग्रेस १४, एमाले ७, नेकपा ६, राप्रपा १ र स्वतन्त्रका १ जना उम्मेद्वार विजयी भएका छन् । अहिलेसम्मको विजयी तथ्यांक हेर्दा रास्वपा कांग्रेस एमाले र नेकपाभन्दा धेरै सिटमा विजय हासिल गर्दै अग्रस्थानमा रहेको छ भने कांग्रेस दोस्रो, एमाले तेस्रो र चौथो स्थानमा नेकपा रहेका छन् ।
जारी मतगणनामा देखिएको रास्वपाको अग्रताले दुई तिहाई बहुमत आउने देखिएको छ ।




















