काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी रहेको छ ।
निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार दिउँसो साढे ४ बजेसम्म मतगणना जारी रहेका स्थानमध्ये ९९ मा राष्ट्रिय स्वतन्त्र (रास्वपा), कांग्रेस ११, एमाले ११, नेकपा ९, राप्रपा १, श्रम संस्कृति १, स्वतन्त्र १ र जसपा नेपालका १ जना उम्मेदवारले अग्रता बनाएका छन् ।
त्यसैगरी रास्वपा र कांग्रेसका एक-एकजना उम्मेद्वार विजयी भइसकेका छन् ।



















