काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वको तनावप्रति सरकार गम्भीर रहेको बताएकी छन् ।
देशवासीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले इरान र त्यस वरपरको क्षेत्रमा गहिरिएको युद्धको संकटप्रति सरकारले गम्भीर रहेको बताइन् । कार्कीले उक्त क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमलाई सरकारले सुक्ष्म रूपमा नियालिरहेको बताउँदै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारिन् ।
कार्कीले रोजगारी तथा अन्य सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको अवस्थाप्रति सरकार चिन्तित रहेको बताइन् । संकटको यस घडीमा सरकार आफ्ना नागरिकको साथमा रहेको सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीहरू विश्वको जुनसुकै कुनामा रहे पनि उनीहरूको व्यक्तिगत सुरक्षा र हितको रक्षा गर्न वर्तमान सरकार पूर्ण रूपमा कटिवद्ध रहेको आश्वासन दिएकी छन्
उनले विदेशमा रहेका नेपालीहरूलाई नआत्तिन र दुतावास तथा कुटनीतिक नियोगको सम्पर्कमा रहन पनि आग्रह गरिन् ।




















