काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक अपिल गर्दै भ्रम, हल्ला र अफवाहबाट सचेत रहन आग्रह गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उमेदवार रहेका यादवले मतदातालाई भ्रमित नहुन आग्रह गरे ।
“क्षणिक प्रलोभन र अफवाहको लहरमा नबग्नुहोस् । आफ्नो त्याग, आफ्नो इतिहास र आफ्नो स्वाभिमान सम्झनुहोस् । अधिकारको रक्षा गर्ने निर्णय लिनुहोस्,” यादवले भनेका छन् । (रासस)




















