काठमाडौं । फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अब चार दिन मात्र बाँकी छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन कुन सवारी कसरी गुड्न पाउँछन् भन्ने मापदण्ड बनाएको छ । केही सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन
आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ ।




















