काठमाडौँ । आउँदो प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरिएको छ। साथै निर्वाचनको क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भए निजको आश्रित परिवारलाई क्षतिपूर्ति स्वरूप आर्थिक सहायता उपलब्ध गराइने भएको छ।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्याल ले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
यसैगरी, सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालत का आदेश कार्यान्वयनबारे अध्ययन गर्न बनेको जाँचबुझ आयोगको कार्यअवधि एक महिना थप गरेको छ। १६औँ योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२–२०८५/८६) पनि स्वीकृत गरिएको छ।
चुनावलाई मध्यनजर गर्दै सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्नुका साथै केरावारी–न्यू मर्स्याङ्दी, माथिल्लो जुनवेशीखोला र सेती खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग र रुख हटाउन अनुमति दिएको छ।
त्यसैगरी, जेनजी परिषद् गठन गर्ने निर्णय तथा हितमान गुरुङलाई बेलायतका राजाबाट प्रदान गरिने बीइएम उपाधि ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि गरिएको छ।
यस्ता छन् अन्य निर्णयहरु






















