काठमाडौं । जनकपुरधामको सभालाई सम्बोधन गर्दै उनले अब नकाब लगाएर सिंहदरबार जलाउन नपाउने दाबीसहित सङ्कल्प गरेका छन् ।
बुधबार जनकरपुरमा आयेजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले देशले अब क्षति व्यहोर्नु नपर्ने बताएका हुन् । भदौ २३ र २४ गते जस्तो कुनै युवाले ज्यान गुमाउनुपर्ने छैन भने देशले क्षति व्यहोर्नु नपर्ने बनाउने संकल्पसहित दाबी गरे ।
‘भदौ २३ मा राज्यको गोलीबाट मारिए जस्तो कसैले मारिनु पर्दैन, आन्दोलनमा तन्देरीहरू सडकमा आए तीनको भावनालाई नेपाली कांग्रेसले सम्बोधन गर्छे,’ उनले प्रतिज्ञा गरे । भदौ २४ गतेजस्तो नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन उनले थपे । प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने, उपचार गर्दा डराउनु नपर्ने, उपचार नपाएर मर्नु पर्दैन यसका लागि आधार लिएर आएको उनले थपे ।
५ वर्ष भित्रै सबै वाचा पुरा नहोलान् । तर वेश बसाउन नसके प्रश्न र आलोचना गर्दै सुधारिँदै जाने उनले थपे । इतिहासलाई गर्व गर्दै आधुनिकतामा समुन्नत बनाउने सङ्कल्प समेत थापाले व्यक्त गरे ।




















