काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबार पार्टी उपाध्यक्ष रोशन कार्की नेतृत्वको टोलीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेर प्रसाईँलाई रिहा गर्न ध्यानाकर्षण गराएको हो ।
मौलिक अधिकारको प्रयोग गर्दा पटक पटक पक्राउ गर्ने काम उचित नभएको र यसले निर्वाचनमा नै असर पर्ने भएकाले रिहा गर्न माग गर्दै ध्यानाकर्षण गराइएको राप्रपाका नेता निरञ्जन थापाले बताए ।
राप्रपाका नेताहरूसँगको भेटमा गृहमन्त्री अर्यालले निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईँलाई पक्राउ गरिएको जानकारी दिएका थिए ।




















