झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पनि झापाको दमक नगरपालिकामा केन्द्रित हुँदै मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिने भएका छन्।
सोमबार दिनभर दमकका विभिन्न कार्यक्रममा सहभागी भएका ओली मंगलबार पनि निर्वाचन लक्षित कार्यक्रमअनुसार स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्।
ओलीको सचिवालयका अनुसार बिहान ११:३० देखि १२:०० बजेसम्म वडा नम्बर ३ स्थित दुम्से चोक (टुकुरे) मा कार्यक्रम तय गरिएको छ। त्यसपछि १२:२० देखि १:०० बजेसम्म वडा नम्बर ८ को संगम चोकस्थित कृष्ण मन्दिर नजिक धनपति मैनालीको घरमा भेटघाट हुनेछ।
दिउँसो १:२० देखि २:०० बजेसम्म वडा नम्बर १० को सूर्य चोकमा कार्यक्रम आयोजना गरिनेछ। यस्तै, २:२० देखि ३:०० बजेसम्म गुम्बा चोक र मुना चोक क्षेत्रमा तथा ३:२० देखि ४:०० बजेसम्म किराँत चोकमा ओली सहभागी हुने कार्यक्रम रहेको छ।
निर्वाचन परिचालन समितिअन्तर्गतको मिडिया परिचालन उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार यी कार्यक्रमहरू स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले आयोजना गरिएको हो।
ओलीका निर्वाचन कमान्डर देवेन्द्र दाहालले अध्यक्ष ओलीले आज स्थानीय कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष छलफल तथा संवाद गर्ने जानकारी दिए।




















