लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले अब देशको आसन, आसन, भाषण र शासनमा सुधार गरेरै छाड्ने दावी गरेका छन् । उनले शासनमा आवश्यक सुधार गर्नका लागि केस्राकेस्रा केलाए जेनजी विद्रोहको भावना अनुसार नै आफूहरू बदलिएर आएको बताए ।
लमजुङ पुगेका उपसभापति शर्माले कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर आफूहरू आएको जिकिर गरे । उनले भने, ‘हामी १-२-३-४ को नीति संविधानमा अंकित गर्नेछौं । अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन् ।’
उनले चुनावी मैदानमा कसैलाई पनि गाली नगर्न पनि आग्रह गरेका छन् । उपसभापति शर्माले भने, ‘गाली होइन, प्रेम सम्प्रेषण गरौं, स्वस्थ आलोचना स्वाभाविक हुन्छ, तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिन्नँ । चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रहरूमार्फत नगरौं ।’




















