काठमाडौं । बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन निर्देशन दिएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले दिएका छन्। यसैअनुसार शर्मा आजै ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
हालै सम्पन्न निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुईतिहाइ बहुमत हासिल गरेको छ। बीएनपीका प्रमुख तारिक रहमानले प्रधानमन्त्रीको रूपमा सपथ लिने भएका छन्।
उनको सपथ ग्रहण समारोह मंगलबार आयोजना हुने जनाइएको छ।




















