काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो।
निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ बढाएको हो।
नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुने छ ।





















