काठमाडौं । नेपाली कांग्रेसले फागुन ३ गते आइतबार प्रतिज्ञा पत्र सार्वजनिक गर्ने भएको छ। कांग्रेसले चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्न लागेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले प्रतिज्ञा पत्र सार्वजनिक गर्न लागेको हो। सभापति गगन थापाले यसअघि नै पार्टीले घोषणा पत्र नभएर प्रतिज्ञा पत्र सार्वजनिक गर्ने बताएका थिए ।




















