काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पाथीभरा माताको दर्शन तथा पूजाआजा गरेकी छन् ।
चुनावको तयारी र जिल्लाको शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी लिन उनी बिहीबार बिहानै पाथीभरा देवी मन्दिर पुगेकी हुन् ।
दर्शनपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत् ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’ भन्दै शुभकामना व्यक्त गरेकी छन् ।
उनको आजको कार्यक्रमअनुसार जिल्लास्थित सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ ।




















