काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत आज झापाको गौरादहका विभिन्न क्षेत्रमा स्थानीयहरूसँग भेटघाट गर्दैछन् ।
नेकपा एमाले गौरादह नगर चुनाव प्रचारप्रसार समन्वय समितिका संयोजक गजेन्द्र घिमिरेका अनुसार आज गौरादह नगरपालिका ४, ५ र ६ वडाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम तय गरिएको छ ।
समितिका अनुसार बिहान ११ बजेदेखि वालुवथान, कोहबरा र चप्रमारी बजारमा भेटघाट कार्यक्रम रहेको छ ।
यसैगरी, दिउँसो १ वजे तेलियाडाँगी, साढे १ बजे दामुना, २ बजे सिह्रडुब्बा, साढे २ बजे आरतिनगरमा कार्यक्रम तय गरिएको छ ।
दिउँसो ३ बजे डोरामारी, साढे ३ बजे स्कुलचौन बजार र जत्रुचौन खाङ्टामा भेटघाट कार्यक्रम राखिएको छ ।




















