पोखरा । तत्कालीन नेकपा एस कास्कीका उपाध्यक्ष झविन्द्रराज रेग्मीसहितका नेता नेकपा एमाले प्रवेश गरेका छन् ।
एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको घर फर्क कार्यक्रममार्फत झविन्द्रसहितका नेता एमालेमा फर्किएका हुन । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भाइ शिवराज आचार्यसहित ३ सय बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।




















