काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने उद्देश्यले नेपाली कांग्रेसका निर्वाचित पूर्वसांसदहरुको टोली सर्वोच्च अदालतमा जाने तयारीमा छ।
कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार, सांसदहरुको डेलिगेसन भोलि माघ १५ गते बिहान १०ः३० बजे सर्वोच्च अदालत पुग्ने कार्यक्रम रहेको छ ।




















