काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यले बुधबार फेरि नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले वृद्धि भई ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ३ सय २० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।



















