काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन पुराना सहकर्मीहरूलाई एकतामा आउन आह्वान गरेका छन्।
क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै विचार र सिद्धान्त नभएकाहरुले सामाजिक सञ्जालमा स्टन्टबाजी गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको बताउँदै त्यसलाई रोक्न कम्युनिष्टहरु एक हुनुपर्ने बताए ।
अब पनि छुट्टाछुट्टै रूपमा अघि बढ्न नहुने बताएका हुन्। “राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउने र जनताको विकास तथा समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न एकताको विकल्प छैन,” उनले भने।
प्रचण्डले मोहन वैद्य ‘किरण’लाई पनि नेकपामै समाहित हुन आग्रह गर्दै राजनीतिमा सिद्धान्त र विचारको खडेरी परेको टिप्पणी गरे।




















