काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका काठमाडौं महानगर कमिटीका निवर्तमान अध्यक्ष राजेश लामा नेकपा एमालेमा प्रवेश गरेका छन्।
सोमबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुण्डुस्थित निवासमा लामा तथा जिल्ला कमिटी सदस्य विष्णु जोशीलाई पार्टीमा स्वागत गरेका हुन्। अध्यक्ष ओलीले उनीहरूलाई एमालेको पार्टी झन्डा, नेपालको राष्ट्रिय झन्डा र खादा ओढाएर पार्टी प्रवेश गराए।
पार्टी प्रवेशपछि अध्यक्ष लामाले आफू एमालेमा प्रवेश गर्न केही ढिलो भएको प्रतिक्रिया दिएका छन्।




















