काठमाडौं । रुकुम पश्चिम र रुकुम पूर्वमा तालमेल गरेर चुनाव लड्न नेकपा (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच सहमति भएको छ।
आइतबार एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा सोवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिअनुसार रुकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वमा प्रलोपाका उम्मेदवार संदीप पुनलाई एमालेले समर्थन गर्नेछ।
यस्तै, कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लामा प्रलोपाले एमालेका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ। पुरानो राप्ती अञ्चलअन्तर्गतका जिल्लामा पनि प्रलोपाले एमालेलाई सघाउने जनाइएको छ।
सहमति कार्यान्वयनका लागि दुवै दलले आ–आफ्ना संगठनात्मक संरचनालाई अविलम्ब निर्देशन दिने निर्णय गरेका छन्।





















