काठमाडौं । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले भाद्र २३ र २४ गते देशभर भएका हिंसात्मक घटनालाई ‘कहालीलाग्दो नाटक (होरर ड्रामा)’को संज्ञा दिँदै त्यसको सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै विश्वकर्माले ती घटनाहरू आकस्मिक, अकल्पनीय र रहस्यमय देखिए पनि अहिले क्रमशः पर्दाफास हुँदै गएको दाबी गरेका छन्। उनले साहित्यकार बालकृष्ण समको ‘नियमित आकस्मिकता’ सिद्धान्तसँग ती घटनाको तुलना गरेका छन्।
उनका अनुसार भाद्र २३ गते अवोध स्कूले बालबालिका सुशासनको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएको घटना नै योजनाबद्ध प्रक्रियाको सुरुआत जस्तो देखिएको छ। त्यही भिडमा ‘TOB’ लेखिएका टिसर्ट र ज्याकेट लगाएर बुलेट मोटरसाइकलमा आएका समूह प्रवेश गर्नु, निषेधित क्षेत्रसम्म जुलुस पुग्नु र सुरक्षाका लागि राखिने बेरिगेट नरहनु शंकास्पद भएको उनको टिप्पणी छ।
विश्वकर्माले संसद भवन परिसरमा प्रवेश गर्ने समूहलाई होइन, बाहिर प्रदर्शनमा रहेका बालबालिकामाथि गोली चलाइएकाले उनीहरूको ज्यान गएको उल्लेख गर्दै यसलाई गम्भीर प्रश्नको विषय बनाएका छन्। त्यसपछि सामाजिक सञ्जालको बन्देज हट्नु, गृहमन्त्रीको राजीनामा हुनु र अवस्था अपेक्षित रूपमा सामान्य नहुनुले घटनाको रहस्य अझ गहिरिएको उनको भनाइ छ।
उनले भाद्र २४ गते बिहानदेखि कांग्रेस र एमालेका नेताका घर, पार्टी कार्यालय, राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय तथा व्यावसायिक प्रतिष्ठानमा तोडफोड, लुटपाट र आगजनी भएको स्मरण गराएका छन्।
उनका अनुसार जेल तोडेर रास्वपाका नेता विजय जुलुससहित बाहिर आएको र हजारौँ कैदीबन्दी फरार हुनु गम्भीर सुरक्षा चुनौती बनेको छ। यति ठूलो जनधनको क्षति भए पनि कसैले जिम्मेवारी नलिएको तर सडकमा नारा लगाउँदै हिँडेकै व्यक्ति प्रधानमन्त्री र मन्त्री बनेको टिप्पणी उनले गरेका छन्।
विश्वकर्माले चुनावका लागि बनेको नागरिक सरकारले सबैभन्दा पहिले जेल तोडेर भागेका कैदीबन्दीमाथि लागेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति पनि प्रश्न उठाएका छन्।
उनका अनुसार भाद्र २३ र २४ मा हिंसात्मक गतिविधिमा संलग्न रहेका व्यक्तिहरू — बालेन शाह, सुदन गुरुङ तथा केही कलाकारहरू एउटै पार्टीमा आबद्ध हुनु र नागरिक सरकारका मन्त्रीहरू पनि सरकार छाडेर त्यतै जानु घटनाको राजनीतिक पृष्ठभूमितर्फ संकेत गर्छ।
उनले रास्वपाले ‘जेन–जी आन्दोलन’को अपनत्व लिएको घोषणा गरेको र कार्की आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग बयान लिएको स्मरण गराउँदै आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै घटनाका पात्रहरूको गतिविधिले धेरै कुरा स्पष्ट भइसकेको दाबी गरेका छन्।
‘देश कसले र किन जलायो ? यति धेरै मानिस कसले र किन मार्यो ? अझै अनुसन्धान बाँकी छ, आयुक्तज्यू ?’ भन्दै विश्वकर्माले सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।
नेता विश्वकर्माले लेखेका छन् –




















