काठमाडौँ । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने जिम्मेवारी पाएको नागरिक सरकारका मन्त्रीहरु नै धमाधम राजीनामा दिँदै रास्वपाबाट उम्मेदवार बन्दै छन् ।
हिजो मात्रै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले चुनाव लड्न पदबाट राजीनामा दिएका थिए भने आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आज पदबाट राजीनामा दिने बताइएको छ ।
खरेल ललितपुर २ मा रास्वपाबाट चुनाव लड्दैछन् भने पुन कुन पार्टी र क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा निर्णय गर्न बाँकी रहेको बताइएको छ ।
यसअघि चुनाव लड्नकै लागि खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिइसकेका छन् ।
मन्त्री छँदै उज्यालो नेपाल पार्टी खोलेका कुलमान घिसिङले त राजीनामा दिएर केही दिन अघिदेखि नै चुनावी अभियानमा सक्रिय भइसकेका छन् । घिसिङ काठमाडौं ३ मा चुनाव लड्दैछन् ।




















