काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचन लड्ने भएपछि उनले राजीनामा दिन लागेका हुन्।
खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका छन् । स्रोतका अनुसार रास्वपाले उनलाई ललितपुर–२ बाट उम्मेदवार बनाउने तयारी गरेको छ।
चुनावी प्रक्रियामा सहभागी हुनका लागि उनले राजीनामा दिएका हुन ।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउँदै खरेलले सरकारको स्वतन्त्र पहिचानमा आँच नआओस् भनेर दलीय राजनीतिमा प्रवेश गर्नुअघि नै पद त्याग्ने निर्णय गरेको बताएका छन्।
‘वर्तमान सरकारको स्वतन्त्र पहिचानमा असर नपरोस् भन्ने उद्देश्यले पदबाट राजीनामा दिएको हुँ,’ खरेलले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
उनले अब देश, जनता, लोकतन्त्र, सुशासन र मानव गरिमाको उन्नयनका लागि सक्रिय राजनीतिमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।





















