काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलबाट निर्वाचन आयोगमा पेस भएका उम्मेदवारको बन्दसूची आयोगले आइतबार सार्वजनिक गरी आयोगको वेवसाइटमा प्रकाशन गरेको हो।
सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३२१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको छ।
उक्त बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ ५ देखि १० गतेसम्म निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोधमा निर्देशिका बमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।




















