काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको बारेमा छलफल गर्न आज केन्द्रीय सचिवालयको बैठक बोलाइएको एमालेका सचिव राजन भट्टराईले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीहरूले सिफारिस गरेका सम्भावित उम्मेदवारहरूको नाममाथि छलफल हुन लागेको छ। निर्वाचन आयोगले माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यतालिका प्रकाशित गरेको छ।




















