काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा पार्टी नफुटेको बताएका छन् ।
बिहीवार सञ्चारकर्मीहरुसँग निर्वाचन आयोगमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । नेपाली काँग्रेसको विशेष महाधिवशेन सफल भएको उनको दाबी छ । विशेष महाधिवेशनले लिएको दृष्टिकोण र नेतृत्व परिवर्तनबारे निर्वाचन आयोगलाई जानकारी गराउन आफूहरु निर्वाचन आयोग गएको बताए ।
उपसभापति शर्माले विशेष महाधिवेशनको म्याण्डेटबारे आयोगमा अद्यावधिक गर्न आयोगलाई जानकारी गराइएको बताए ।




















