काठमाडौं । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (मंगलबार) मतदान नहुने भएको छ । निर्वाचन समितिले आज बेलुका ९ बजेदेखि मतदान सुरु हुनेगरी कार्यतालिका सार्वजनिक गरेकोमा आजको लागि स्थगित गरिएको हो ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले आज साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको बताए । उम्मेदवारी दर्ताको लागि भने अब समय थप नगरिने उनको भनाइ छ ।
त्यसपछि बाँकी कार्यक्रम स्थगित गरी भोलि (बुधबार) विहानबाट निर्वाचनअन्तर्गतका बाँकी कामहरु सुरु गरिने बताइएको छ । गत पुस २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन जारी रहेको छ ।




















