
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार बिहान सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्दा नेपाली सेनाको टुकडीले सम्मानस्वरूप सलामी अर्पण गरेको थियो। कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू तथा उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।





















