काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै तामाङले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन् ।
उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकता दिँदै चुनावमा उठ्ने तयारी गरेकी छिन् । पछिल्लो केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्नेबारे गम्भीर छलफल र आत्ममन्थन गरेको बताउँदै उनले दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णयमा पुगेको उल्लेख गरेकी छिन् ।
‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं। २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु ।’ उनले लेखेकी छिन् ।




















