काठमाडौं । जेन-जी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै गुरुङले गोरखा-१ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।
‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवा त। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’ उनले लेखेका छन् ।
यद्यपि उनले कुन पार्टीबाट चुनाव लड्छन् भन्ने स्पष्ट भइसकेको छैन । यसअघि उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई मिलाउन भूमिका खेलेका थिए । यसैकारण उनले रास्वपाको घण्टी चुनाव चिन्ह लिने अपेक्षा गरिएको छ ।
यद्यपि हालै रास्वपाका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा नगर्न नेताहरुलाई आह्वान गरेका थिए ।




















