काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई प्रवेश गर्न अवरोध गरेका छन्।
प्रदर्शनकारीहरूले पार्टीलाई ‘बन्दी’ बनाउन नहुने भन्दै नाराबाजी गरेका छन्। यस क्रममा केही नेतासँग प्रदर्शनकर्ताबीच भनाभन पनि भएको बताइएको छ।
आजका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन्।
बिहान ११ बजेका लागि तय गरिएको बैठक १ बजेका लागि सारिएको भए पनि हालसम्म सुरु हुन सकेको छैन ।




















