काठमाडौं । पूर्वमाओवादी नेता तथा पूर्वमन्त्री उमेश प्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। सप्तरी निवासी यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन्।
यादव तत्कालीन माओवादी जनसरकारका प्रमुखसमेत रहिसकेका पूर्वलडाकु नेता हुन्। उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। त्यस समयमा प्रचण्ड नेतृत्वको सरकारमा उनले सिंचाइ मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
२०७४ सालको निर्वाचनमा भने उनी सोही क्षेत्रबाट उपेन्द्र यादवसँग पराजित भएका थिए।




















