काठमाडौँ । भदौ २३–२४ गतेका घटनाको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई बयानका लागि बोलाएको छ।
आयोगले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, जेनजी प्रतिनिधि सुदन गुरुङ र पुरुषोत्तम यादवको बयान लिसकेको छ। मेयर शाह मात्र बाँकी रहेको कारण आयोगले उनलाई बयानका लागि बोलाएको हो। आयोगले शाहका स्वकीय सचिव भुपदेव शाहमार्फत जानकारी दिएको छ।
भदौ २३–२४ को जेनजी आन्दोलनको क्रममा मेयर शाहले अप्रत्यक्ष रूपमा सहयोग पुर्याएका थिए। भदौ २३ गतेको आन्दोलनमा काठमाडौँ महानगरले पानी वितरण गरेको थियो। २४ गते तत्कालीन प्रधानमन्त्री लगायतले राजीनामा दिइसकेको भन्दै जेनजीलाई आन्दोलनबाट फर्किन फेसबुकमार्फत आह्वान गरिएको थियो।
त्यसैगरी, शाहले नयाँ सरकार गठनको सन्दर्भमा जेनजीहरूलाई सेनासँग वार्ता गर्न र प्रतिनिधि सभा विघटनलाई सर्त राख्न सुझाव दिएका थिए। हालको प्रधानमन्त्री सुशीला कार्कीलाई सिफारिस गर्नमा पनि शाहको भूमिका रहेको बताइन्छ।




















