काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) का शीर्ष नेतासहित २६ जना नेताहरू एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
एमालेका विभिन्न निर्वाचन क्षेत्रीय कमिटीहरूले २६ जनालाई सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गरेका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट एकल सिफारिस भएका छन्।
यस्तै, ईश्वर पोखरेल काठमाडौँ–५ बाट एकल सिफारिसमा परेका छन्। पोखरेल हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग पराजित भएका थिए।
उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाट, महासचिव शंकर पोखरेल दाङ–२ बाट र उपमहासचिव लेखराज भट्ट कैलाली–४ बाट एकल सिफारिस भएका छन्। त्यस्तै, सचिव महेश बस्नेत भक्तपुर–२ बाट एकल सिफारिसमा परेका छन्।
अन्य केही निर्वाचन क्षेत्र र जिल्लामा पनि सर्वसम्मत रूपमा एकल उम्मेदवार चयन भइसकेको छ भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया जारी छ। सबै जिल्ला तथा निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुंगो लगाइने एमालेले जनाएको छ।
एकल सिफारिस भएका उम्मेदवार र निर्वाचन क्षेत्र
कोशी
१. केपी शर्मा ओली, झापा ५
२.सुहाङ नेम्वाङ, इलाम २
मधेश
१. लीलानाथ श्रेष्ठ, सिरहा ३
२. लक्ष्मी महतो कोइरी, महोत्तरी १
३. हरि उप्रेती, सर्लाही ३
४. अजय गुप्ता, रौतहट १
५. मनोज देवकोटा, सर्लाही १
बागमती
१. बद्री मैनाली, नुवाकोट १
२. मणिराम फुयाल, काठमाडौं २ (प्रस्ताव)
३. गोकुल बास्कोटा, काभ्रे २
४. महेश बस्नेत, भक्तपुर २
५. ईश्वर पोखरेल, काठमाडौं ५
गण्डकी
१. तिलक महत, नवलपुर २
२.मिलन गुरुङ, गोरखा २
लुम्बिनी
१. प्रदीप ज्ञवाली, गुल्मी १
२.सूर्य ढकाल, बाँके १
३. दलबहादुर सुनार, बाँके ३
४. विश्राम चौधरी, कपिलवस्तु १
५. विष्णु पौडेल,रुपन्देही २
६. शंकर पोखरेल,दाङ २
कर्णाली
१. ध्रुव शाही, सुर्खेत १
२. कलाधर देवकोटा, सुर्खेत २
३. गुलाबजंग शाह, सल्यान
सुदूरपश्चिम
१.लेखराज भट्ट, कैलाली ४
२. दामोदर भण्डारी, बैतडी
३. गणेश ठगुन्ना, दार्चुला




















