काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना मागलाई सरकारले सम्बोधन नगरे वार्ता तोडिने चेतावनी दिएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय संकल्प पृथ्वीपथ विषयक कार्यक्रममा प्रसाईंले आफ्ना मागका बारेमा सरकारलाई औपचारिक रुपमा जानकारी गराइसकिएको भन्दै सम्बोधन नभए वार्ता तोडिने चेतावनी दिएका हुन् । उनले सरकारसँगको वार्ता सफल नभए आन्दोलनमा जानका लागि आफू तयार रहेको बताए ।
प्रसाईंले समान विचार भएकाहरू एकै ठाउँमा आएर आफ्ना एजेण्डा पुरा गर्न दवाव दिनुपर्ने धारणा राखे ।
उनले मुलुक अप्ठेरो अवस्थामा रहेकाले देशबाहिर रहेका युवाहरू फर्केर राष्ट्र निर्माणमा जुट्नुपर्ने बताए ।



















