काठमाडौँ । टिकटकमा एक–अर्काका धर्म र संस्कृतिलाई लक्षित गर्दै गरिएका अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनावको अवस्था सिर्जना भएको छ।
धनुषाबाट सुरु भएको उक्त विवादको प्रभाव भारतसँग सीमा जोडिएको सहर वीरगञ्जसम्म फैलिएको छ, जहाँ हाल प्रदर्शन भइरहेको जनाइएको छ।
बढ्दो तनावलाई ध्यानमा राख्दै नेपाल प्रहरीले धनुषा र पर्सासहित मधेश प्रदेशका आठै जिल्लामा सुरक्षा सतर्कता कडा पारेको छ।
नेपाल प्रहरी मधेश प्रदेश प्रमुख डिआईजी गोविन्द थपलियाका अनुसार पछिल्लो सुरक्षा अवस्थाको मूल्यांकन गर्दै प्रदेशभर सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। उनले भने, “कानुनबमोजिम दोषीलाई नियन्त्रणमा लिने र आवश्यक कारबाही गर्ने काम भइरहेको छ। सबै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ।”




















