काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका तीन सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्लेलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
उपरथी बढुवा भएका पाइलट रामसुन्दर बोहोरा, भुवन खत्री, प्राविधिक धर्मेन्द्रकुमार झालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
त्यस्तै सहायक रथीमा बढुवा भएका एक जना, महासेनानीमा बढुवा भएका ५ जना अधिकृतलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृत लगायत पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो ।

























