काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो।
जसमा पेट्रोल प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ५ र हवाई इन्धनमा ६ रुपैयाँ घटेको हो। खाना पकाउने ग्याँस (एलपी ग्याँस)को मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्य सूची अनुसार तेस्रो वर्गमा पेट्रोल प्रतिलिटर १५९ र डिजेल/मट्टितेलमा १३७ रुपैयाँ पर्ने छ।
नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने छ ।


























