काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भदौ २३ मा जेन–जी आन्दोलनमाथि सरकारी रवैया गलत रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनको क्रममा सरकारले गरेको बल प्रयोग गलत भएको प्रतिक्रिया दिएका हुन् ।
प्रवक्ता महतले सरकारले भदौ २४ गतेको आगजनी, लुटपाटजस्ता घटनालाई वैधानिकता दिन खोजेको आरोप लगाउँदै आपत्ति समेत जनाए । उनले त्यस्ता आपराधिक घटनालाई सरकारले संरक्षण गर्ने र वैधानिक दिने काम गर्यो भने मुलुकमा फेरी पनि त्यस्ता घटना दोहोरिने समेत स्पष्ट पारे ।
प्रवक्ता महतले मुलुकलाई शान्ति स्थायित्व र समृद्धि दिनका लागि भदौ २४ को घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने काममा सरकारले ढिलाई गर्न नहुने बताए ।

























